१० हजार घुससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा



काठमाडौं । तनहुँमा एक प्रहरी हवल्दारलाई घूस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घूस लिएको अवस्थामा इलाका प्रहरी कार्यालय बेलचौताराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरी हवल्दार भण्डारीले विभिन्न बहाना बनाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस मागिरहेको सूचनाका आधारमा टोलीले नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी गराएका छन् । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध माघ ९ गते काठमाडौँमा बृहत जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको

कोभिड खोप उपलब्ध गराउन नेपाल भारतको प्राथमिकतामाः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुद

निर्वाचन हुँदैन भनेर भ्रम नफैलाउन नेम्वाङको आग्रह

काठमाडौं । नेकपाको ओली समूहका नेता सुवास नेम्वाङले वैशाख १७ र २७ गते

थप २४० जनामा कोरोना संक्रमण, ४७७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य