झापाको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु



झापा । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति अचानक आगलागी हुँदा शिविरको सेक्टर नम्बर डि ४, छाप्रा नम्बर ३२५ बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो । राई पक्षघातका बिरामी थिए ।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उजको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना