नक्कली गहना बन्धकी राख्दै रकम ठग्ने व्यक्ति पक्राउ



काठमाडौं । नक्कली गरगहना बन्धकी राखेर लाखौं रुपैयाँ लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, थानकोटमा रहेको एउटा गहना पसलमा बिलसहित गहना दिएर फरार व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार अपराध महाशाखासँगको समन्वयमा धादिङको थाक्रे गाउँपालिका–११ घर भइ ललितपुरको गोदावरी बस्ने ३४ वर्षीय रवि क्षेत्री भनिने राज सापकोटा (सुनार) पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सिक्री र केही बिलहरु समेत बरामद भएको छ । उनले ६ असोजमा थानकोट चेकपोष्टमा रहेको सुन पसलमा नक्कली गहना राखेर एक लाख ८० हजार रुपैयाँ लिएका थिए भने १७ पुसमा गुर्जुधारामा पनि उही शैलीमा दुई लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए ।उनले अन्य व्यक्तिहरुलाई पनि ठगेको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य