भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक गम्भीर घाइते



भक्तपुर । भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भर्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युतको सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको हो ।

दिउँसो करिब १ः३० बजे करेन्ट लागेर पोलबाट भुइँमा खसेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृत्यु भएको प्रहरीको भनाइ छ । सडक बत्ती जडान गर्ने क्रममा विद्युत् लाइन काट्न नलगाउँदा र सावधानी नअपनाउँदा मजदूरको मृत्यु भएको र जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरु थप मारमा परेको अन्य मजदूरको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा