ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु



भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा भक्तपुरबाट काठमाडौं जाँदै गरेको लु२ख ६७८ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नम्बरको स्कुटरलाई ठक्कर दिई ट्रकको पछाडिपट्टिको चक्काले किच्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनापछि उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगे पनि चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरीवृत्त थिमिमा राखिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका