गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा



बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।

आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठीएको अवस्थामा रहेको बताइएको छ । चितुवा घर–घरमै पुगेपछि स्थानीयवासीले लखेटेका थिए ।

पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको अवस्थामा नेपाल प्रहरी, नेपाली सेना र सव डिभिजन वन कार्यालय कुश्मीशेराको सक्रियतामा नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले जानकारी दिए ।

“हामिले जङ्गलतर्फ भगाउनका लागि धेरै प्रयास गरिसक्यौं, केही गर्दा चलेन” प्रहरी हबल्दार नवराज रिमालले भने, “चितुवा लठ्ठिएको अवस्था थियो, वनको अनुमतिमा नियन्त्रणमा लियौं ।”

चितुवालाई आज सदरमुकाम बागलुङ बजारमा रहेको डिभिजन वन कार्यालय ल्याईंदै छ । “यहाँ ल्याएर चितुवाको अवस्था बुझ्छौं, समान्य अवस्था भए वनमा छोडिदिने हो, बिरामी भए उपचार गरेर छोड्छौं ” डिभिजन वन अधिकृत अधिकारीले भने, “असामान्य अवस्थामा रहेको खबर छ, पशु चिकित्सकको सहयोगमा उपचार हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै

मास्कको तुनाको बक्साभित्र लुकाइछिपाई अक्सिमिटरको तस्करी, सात जना पक्राउ

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्दै नक्कली अक्सिमिटर

जेठ १३ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं,

बढी भाडा लिए हेलिकोप्टर कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतनवनी

काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न