अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ



काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका ९ का सोलेरकुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भ्याली कोल्ड स्टोरका संचालक बाबुराजा रावललाई २०६५ पुस १ गते बुढाथोकी लगायत प्रल्हाद महत, बिष्णु जिसी, बङ्गुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की र अनिल गुरूङ समेतको समूहले अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५० लाख रुपैंया लिई रावललाई पुस २ गते टोखा पुर्याई छोडेर फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाम सूर्योदय नगरपालिका २, पशुपतिनगर टोलबाट पक्राउ गरेको हो ।

साथै बानेश्वरस्थित एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी पक्राउ परेका दुर्गा बहादुर २०६४ वैशाख २५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षबाट ग्रील तोडी फरार रहेको तथा त्यसअघि र पछि पनि विभिन्न आपराधिक घटनाहरु समेतमा संलग्न भई फरार रहेका थिए ।

प्रहरीको खोजीमा रहेका उनले आफ्नो पहिचान समेत बदली ‘प्रकाश क्षेत्री’ को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल संचालन गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

  काठमाडौँ ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद,

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको