साकारलाई देवकोटा र दाहाललाई घले पुरस्कार



काठमाडौं । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि ६ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहेर आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदानगरी देशदेशान्तरमा नेपाली भाषासाहित्यको गरिमा बढाएवापत कविवर शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बुधबार बसेको निकेतनको सभाले यस्तो निणर्य गरेको हो । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । यसैगरी पच्चीस हजार रुपियाँ राशिसहितको ‘भद्र घले पदक’ नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहाललाई प्रदान गरिने भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने सो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत दाहाललाई समर्पण गरिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोडियो सडक सञ्जालमा

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ ।

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको