असन्तुष्ट राइडरहरूद्वारा पठाओ कम्पनीको कार्यालय तोडफोड, कमिसन नदिएको आरोप



काठमाडौं । पठाओका असन्तुष्ट राइडरहरूले पठाओ कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न माग पुरा नभएको भन्दै सोमबार कार्यालय घेराउ गर्न गएका राइडरहरूले नाराबाजी गर्दै कार्यालय तोडफोड गरेका हुन् ।

कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै पठाओ राइडरहरूले कार्यालय तोडफोड गरेका हुन् ।

राइडरहरूले गत सोमबार पठाओ कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए। मागपत्रमा राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने रहेको छ । उनीहरुको मागपछि कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बीमा र मृत्यु भएका ५ लाख रुपैयाँको दुर्घटना बीमा गर्ने घोषणा गरिसकेको छ । तर, कमिसन घटाउने लगायतका मागमा कम्पनी सहमत भएको छैन ।

अहिले पठाओ कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ तर आन्दोलनमा उत्रिएका राइडरहरुले भने कम्पनीले मनपरी रुपमा कमिसन लिएर लुटतन्त्र र कमाउ धन्दा गरेको आरोप लगाएका छन् ।

त्यस्तै राइडरहरुले कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग राखेका थिए । उक्त माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले कम्पनीलाई अल्टिमेटम दिएका थिए।

गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएपछि सामूहिक रुपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुडा र तोडफोड गरेका हुन्। पठाओ कार्यालयमा तोडफोड गर्ने केही राइडरहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल

फुङ्लिङ(ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२

मालुखोला नजिक सडक भासिएपछि मन्थली–काठमाडौँ आवागमन अवरुद्ध

  मन्थली । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण