भोक्रेफाटस्थित सेतो पहराबाट ट्रक खस्दा तीन जनाको मृत्यु



नवलपरासी पूर्व । कालीगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटस्थित सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो ।

सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा ३ जना शव भेटिएको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।