सुरु भयो नागढुंगा सुरुङमार्ग निर्माणको काम



काठमाडौं । एक वर्षअघि उद्घाटन गरिएको नागढुंगा सुरुमार्ग निर्माणको काम सुरु गरिएको छ । मंगलबारदेखि सुरुङ खन्ने काम सुरु भएको हो । मंगलबार सुरुङको ‘स्केप टनेल’ खन्न थालिएको छ ।

जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदै गरेको सुरुङको ठेक्का जापानी कम्पनी हाजमा आन्दो कर्पोरेसनले पाएको छ । मुख्य सुरुङ खन्ने काम भने केही समयपछि सुरु हुनेछ । मंगलबार सुरुङको पश्चिम भाग काठमाडौं–धादिङ सीमा सिस्नेखोलामा स्केप टनेल खन्ने काम थालिएको हो ।

स्केप टनेल १ सय २० मिटर खनेपछि मुख्य सुरुङ पुगिने र त्यहाँबाट दायाँबायाँतर्फ खन्ने आयोजनाले जनाएको छ । यस्तै पूर्वपट्टी अर्थात् चन्द्रागिरी नगरपालिकाको पोर्टलमा जनवरी स्केप टनेल खन्ने योजना छ ।

नागढुंगा सुरुङ ४२ महिनामा सम्पन्न गर्ने योजना छ । गतवर्षको कात्तिकमा प्रधानमन्त्रीले उद्घाटन गरेको १४ महिना बितिसकेको छ । बाँकी दुईतिहाई अवधिमा सुरुङ निर्माण सक्ने आयोजनाको दाबी छ । प्रस्तावित सुरुङमार्ग निर्माण भएपछि नागढुंगा सडकको अवस्था सुधारिने र देशका अन्य स्थानहरूसँग यातायात सम्पर्क भरपर्दो हुने अपेक्षा गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न

-ऋषि कट्टेल । भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो ।

ढोरपाटन जोडियो सडक सञ्जालमा

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ ।

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय