यी हुन् अध्यात्म ज्ञान ओलम्पियाड निवन्ध प्रतियोगिताको पुरस्कार विजेता



काठमाडौं । युवाहरूमा आध्यात्मिक सचेतना बढाउने उद्देश्यले अध्यात्म ज्ञान ओलम्पियाडको नाममा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । फेमिली पिस एशोसिएसनको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

मुलुकमा लकडाउन भएको बेला एफपिए नेपालले निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो । अनलाइनमार्फत दुई चरणमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा मुलुकभरका युवाहरूले सहभागिता जनाएको आयोजकले बताएको छ । गत शनिवार प्रतियोगिताका विजयीहरूको घोषणा गरिएको थियो ।

प्रतियोगितामा सुर्खेतका दीपक सिंह विक प्रथम, सर्लाहीकी सजीना खनाल द्वितीय र सुनसरीका साजन आचार्य तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १२ हजार र ७ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्था एफपिए नेपालका सभापति डा. किशोर राजभण्डारीले जानकारी दिए ।

विजयी घोषणा समारोहमा पूर्वमन्त्री इन्जिनियर गणेश शाहले मुलुकको सर्वाङ्गीण विकासका लागि युवाहरूमा आध्यात्मिक सचेतना वृद्धि गर्नुपर्ने आवश्यकता औँलयाए । उनले समाज एवं देशलाई अधि बढाउनका लागि हरेक व्यक्तिले कुनै पनि काम गर्दा ज्ञान र सीपलाई जस्तै आध्यात्मिक पाटोलाई पनि उत्तिकै महत्व दिनुपर्ने कुरामा जोड दिए । आफूले सोचेको भन्दा नयाँ पुस्ता थप जिम्मेवार र सजिलै समाजमा आध्यात्मिक सचेतना वृद्धि गर्न लागिपर्न सक्ने पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८