पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा


काठमाडौं । पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदूषण रहित शवदाह गृह बुधबारदेखि सञ्चालनमा आएको हो ।

बुधबार एक कार्यक्रम गरी शवदाह गृह पुशपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए । त्यहाँ एउटा शव जलाउन १ घण्टा १५ मिनेट लाग्ने बताइएको छ ।