दुई लाख नगदसहित कालिमाटीबाट सात जुवाडे पक्राउ



काठमाडौं । प्रहरीले दुई लाख ३८ हजार ८५० नगद र सात लाख ९४ हजार ८७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेका बेला सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ, धादिङका ४१ वर्षीय राजु पौडेल, चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाल रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक ताससमेत बरामद गरेको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ

१४ किलो चाँदीका गहनासहित काठमाडौंमा तीनजना पक्राउ

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो