ज्यान मुद्दाका अभियुक्त १६ वर्षपछि पक्राउ



काठमाडौं । कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेका महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ ।

विसं २०६१ मा काठमाडौँको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई कुटपिट गरेको र सोही घटनाको बदलास्वरुप गिरीले लोहनीको हत्या गरेको प्रहरीले जनाएको छ । विसं २०६४ मा जिल्ला अदालत काठमाडौँले उक्त घटनामा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएपनि फरार हुँदै आएका थिए ।

उक्त घटनापछि गिरी केही समय विदेश गएका थिए । फर्किएपछि नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएकामा महाशाखाको टोलीले उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरी काठमाडौँ ल्याएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ बुझाइएको जनाइएको छ ।

बैंँकिङ कसुर मुद्दामा आज प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय सूर्यप्रसाद शाह रहेका छन् ।

काठमाडौँ विश्व विद्यालयअन्तरगत मेडिकल शिक्षामा अध्ययन गर्ने क्रममा उनले पहिलो किस्ताबापत तिर्नुपर्ने १३ लाख ४१ हजार बराबरको चेक दिएका थिए, तर चेक नसाटिएपछि विश्व विद्यालयले काभ्रेपलाञ्चोक जिल्लामा बैँकिङ कसुरमा उजुरी दिएको व्यूरोले जनाएको छ । त्यसपछि उनी फरार हुँदै आएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र आजै थप कारवाहीका लागि काभ्रेपलाञ्चोक पठाइएको व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको

देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका