बिना बिलका ३८ थान मोबाइल सहित एक जना पक्राउ



काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर तीनका २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट काठमाडौं आइरहेको ना.५ ख २२८७ नम्बरको बसलाई चन्द्रागिरी नगरपालिका २ नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेका उक्त मोबाइल फेला पारी नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त मोबाइलहरु श्रेष्ठको रहेको खुलेपश्चात महानगरीय प्रहरी वृत्त थानकोट र उक्त प्रभागबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(१५ स्वयम्भूबाट पक्राउ गरेको हो । बरामद मोबाइल सहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ-५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि