बेलकोटगढी नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ



नुवाकोट । नुवाकोटमा एक जना इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जनालाई घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भइ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्ट छन् । विदुरस्थित सागर मिठाई पसलमा चिया पिउँदै रकमको काराबार गर्न लाग्दा आयोगबाट खटिएको टोलीले शनिबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए । शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारको दुई बन्डल सागर मिठाई पसलमा चिया पिउने क्रममा दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको छ ।

यसअघि सोही नगरपालिकामा कार्यरत सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको

देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका