सम्मानद्वारा सडक आश्रित २० भन्दा बढी परिवारलाई खाद्यान्न वितरण



काठमाडौं । सडक आश्रित मानव मुक्त अभियान नेपाल(सम्मान)ले चाडपर्वको समयमा काठमाडौंको महाँकाल र त्रिपुरेश्वर क्षेत्रका सडक आश्रित परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

संस्थाका अध्यक्ष अध्यक्ष पद्मप्रसाद घिमिरे, उपाध्यक्ष डा.लक्षी सिंह, कोषाध्यक्ष रीता पोख्रेललगायतको उपस्थितिमा सडक आश्रित २० भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । सडक आश्रित परिवारले पनि चाडपर्व रमाइलोसँग मनाउन भनेर खाद्यान्न वितरण गरेको संस्थाले जनाएको छ ।

सडक आश्रित मानवमुक्त अभियान नेपाल विविध कारणले सडकमा जिउन वाध्य मानवको उद्दार तथा क्षमता वृद्धि विकासमा सेवा पुर्याउने लक्ष्यका साथ स्थापित सेवामुखी गैर सरकारी, सामाजिक संस्था हो । यस अभियानमा अनुभवी मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता, आध्यात्मिक गुरु, वकिल, वरिष्ठ प्रशासक, नर्स तथा शिक्षाविद् समेतका विभिन्न विषय विज्ञहरु सहभागी छन् ।

संस्थाले मानवीय दायित्व र सवैधानिक भूमिका पुरा गर्न Curry Without Worry Kathmandu सँग सहकार्य गरि भोका, अतिविपन्न र विक्षिप्त महिला, बालबालिकादेखि वयस्क, जेष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा शाकाहारी पौष्टिक खाना खुवाउने, लत्ताकपडा वितरण समेत गर्दै आईरहेको छ । Curry Without Worry Kathmandu ले बिगत नौ वर्ष देखि लगातार सडक आश्रित तथा अन्य असहायमा परेका मानिसहरुलाई पौष्टिकयुक्त सात्विक भोजन प्रदान गर्दै आइरहेको छ ।

यसको उद्देश्य विविध कारणले घर परिवार र समाजको संरक्षण नपाइ बाँच्नका लागि सडकमा आश्रित रहन पुगेका बृद्धबृद्धा, अपाङ्गता भएका, मानसिक सन्तुलन गुमाएका, नितान्त गरीव अवस्थाका बालबालिका तथा सबै उमेर समूहका मानिसहरुको उद्दार तथा संरक्षण गर्नु रहेको छ । साथै यस्ता व्यक्तिहरुको वास्तविक समस्या र तिनमा रहेको अन्तरनिहीत क्षमताको पहिचान गरि आवश्यक ज्ञान, सिप, परामर्श, सहजीकरण र पुनःस्थापनका माध्यमबाट तिनको अर्थपूर्ण जीवनयापनका लागि योगदान पुर्याउनु हो ।

सबै प्रकारका सडक आश्रित मानिसहरुले संरक्षण प्राप्त गरि घर, परिवार र समाजमा पुनःस्थापित भइ मर्यादित जीवन जीउनेछन् जसले गर्दा समाजमा हुने विभिन्न खालका अपराध, विकृति, दुव्र्यसनीलगायत कुराहरुमा नियन्त्रण गर्न सकिन्छ र जसले गर्दा सभ्य, सु–संस्कृत र समृद्ध समाजको निर्माणमा सहयोग पुग्ने परिकल्पनाका साथ संस्था स्थापना गरिएको हो ।

यसका लागि विशेष कोष स्थापना, वैकल्पिक स्याहार–सुसार तथा विकासको व्यवस्था, सामाजिक सुरक्षा कोष कार्यालय, विभिन्न सरकारी संस्थाहरु, स्थानीय निकायहरु, गैरसरकारी संस्थाहरु, कुटनीतिक नियोगहरु, नीजि कम्पनीहरु तथा मनकारी व्यक्तिहरुसँग मिली सहकार्य गर्ने, विभिन्न संघ सस्थाहरुलाई कम्तीमा एक सडक आश्रितलाई पुनःस्थापनाको लागि सौजन्य सहयोगको लागि अनुरोध गर्ने, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक सहयोगका लागि पाइने कोषहरुका लागि प्रतिस्पर्धा गर्ने र ग्रहण गर्ने संस्थाको रणनीतिक योजना रहेको छ ।www.samman.org.np

सडक आश्रित मानव मुक्त अभियान नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

पाल्पामा डढेलोले सात सय ११ हेक्टर वन क्षेत्र नष्ट

पाल्पा । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न

रुपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक

पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावना बढ्यो

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको