तीस वर्षदेखि फरार अभियुक्त पक्राउ



कर्णाली । प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बासगढीबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सुनारका सहोदर तीन दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कूटपिट गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिक रुपले अशक्त भएको बताइएको छ ।

मानबहादुरसहित दुई जना पक्राउ परिसकेका छन् भने एक अझैं फरार छन् । अदालतले घटनामा संलग्न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो । फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए ।

जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चार जनाको टोली खटाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालत समक्ष पठाइएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकलाई थुनामा पठाउने आदेश

काठमाडौं । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

धरान । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले

फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम

गण्डकी । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

झापा । मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई  २६ लाख ८३ हजार अनुदान प्रदान