नागमणि दिने भन्दै ठगी गर्ने पक्राउ



बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका–४ दैलेखका धनबहादुर रोका, कुमाख गाउँपालिका–५ सल्यानका कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यानका डिल्लीबहादुर बोहरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरुलाई ४० लाखसहित पक्राउ गरिएको हो । आइतबार पक्राउ गरिए पनि उनीहरुलाई मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा पछिल्लो तीन दिनयता विभिन्न अभियोगमा पक्राउ परेका १२ अभियुक्त र उनीहरुको साथबाट बरामद गरिएको सामग्रीको विवरण सार्वजनिक गरिएको थियो ।

प्रहरी उपरीक्षक रानाले अवैध ठगीधन्दा, रेड पाण्डाको छाला तथा अवैध लागुपदार्थ कारोवारमा संलग्न व्यक्ति तथा बरामद गरिएका अवैध सामग्रीको विवरण सार्वजनिक गर्दै आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रहरीले आइतबार बाँके र दाङको सिमाना शिवखोलाबाट तीन किलो लागुऔषध अफिमसहित पक्राउ परेका पश्चिमरुकुम सानीभेरी गाउँपालिका–८ का २७ वर्षीय चन्द्रप्रकाश वली, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित मङ्गलबार कोहलपुरबाट पक्राउ परेका बराहताल गाउँपालिका–५ निवासी गणेश नेपाली, लालबहादुर नेपाली, चामुण्डाबिन्द्रा नगरपालिका–५ दैलेख निवासी दिनेश कार्की र उमेशबहादुर थापालाई पनि सार्वजनिक गरेको छ ।

यसैगरी मङ्गलबार दिउँसो २० पुरिया ब्राउन सुगरसहित पक्राउ परेका भारतको बहराइच रुपैडिहा थाना निवासी १८ वर्षीय जुगिन्दर सोनी, सोही ठाउँ निवासी २९ वर्षीय राकेश सोनी, बाँकेको खजुरा गाउँपालिका–१ निवासी १९ वर्षीय विष्णु थापा क्षेत्री र नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी २५ वर्षीय सागर थापालाई पनि प्रहरीले बरामद गरेको सामग्रीसहित सार्वजनिक गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको

देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका