विप्लव समूहकी ललितपुर सेक्रेटरी पक्राउ



काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको हो । विप्लव समूह ललितपुरका डिसीएम सानुराजा बज्राचार्य (श्याम) लाई विस्फोटक पदार्थसहित ललितपुर प्रहरीले पक्राउ गरेपछि सेक्रेटरी अधिकारीले विज्ञप्ति जारी गर्दै ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्क्याएकी थिइन् ।

एएसपी राईविरुद्ध वक्तव्य जारी गरेको र विस्फोटक पदार्थ बनाउने कार्यमा संलग्न रहेको आरोपमा सेक्रेटरी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत जेठमा लतिलपुर प्रहरीले तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित श्यामको कोठाबाट ग्रिनेड, बिस्फोटक पदार्थ तथा बम बनाउने सामग्रीहरु बरामद गरेको थियो ।

श्यामले आफ्नो कोठामा विस्फोटक पदार्थ बनाउने कारखाना सञ्चालन गरेका थिए । सेक्रेटरी अधिकारीविरुद्ध ललितपुर परिसरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दा विचाराधिन अवस्थामा रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको

बाह्रबिसेमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी