चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

अध्यक्ष दाहालले आईतबार विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भए पनि कारबाही गर्न माग गरेका हुन्।

गत कात्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो । अध्यक्ष दाहालले चौरसियालाई शहीद घोषणा गर्न तथा हत्यारालाई कारवाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति