कैलालीमा प्रहरी सहायक निरीक्षकको हत्या



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

गएराति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् । गएराति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो ।

सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ । नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्राउने समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ ।

गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ । मृतक विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली आज बिहान घटनास्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  काठमाडौँ । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा

गृहमन्त्रीले राजीनामा गर्नु न्यायोचित हुने न्यायाधीश सुवेदीको तर्क, गर्नु नपर्ने प्रधानको जिकिर

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री

काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये

सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले फिर्ता, मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको