सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त ११ वर्षपछि पक्राउ



काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ ।

ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौ ल्याएको हो । उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए । उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ ।

उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए । भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए । पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ । निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक

नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक

काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको

म टुहुरो भएँ, १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

वासुदेव पौडेल, तोलाकान्त बगाले, गण्डकी । “म टुहुुरो भएँ, हिजो बा १४ वर्षमा