शक्तिपीठहरुमा भक्तजनको भीड (फोटोफिचर)



काठमाडौं । नवरात्रिको पहिलो दिन शनिबार काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । कोरोना महामारीकाबीच पनि भक्तजनहरु नवरात्रका अवसरमा पूजाआजाका लागि शक्तिपीठ पुगेका हुन् । शनिबार भद्रकाली मन्दिर लगायतका अन्य मन्दिरमा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भीड देखिएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा कम भीड भएपनि कोरोना महामारीका बीच भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् । सरकारले भने कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर