दशैंका लागि यस्ता छन् काठमाडौंका खसी बजारमा खसी(फोटोफिचर)



काठमाडौं । दशैंका लागि काठमाडौं ल्याइएका निरोगी खसी—बोका, भेडा—च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग लगाउन सुरु गरिएको छ । काठमाडौं महानगरको पशु सेवा महाशाखाले आजबाट टुकुचा र कलंकीबाट थालेको मासुजन्य खाद्य उत्पादनको निरीक्षण अनुगमनका क्रममा चौपायाको स्वास्थ्य जाँच गरेर निरोगीको सिङमा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउन थालेको हो । पर्वमा बिक्री वितरण हुने स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रुपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहज होस् भनेर हामीले निरीक्षण, अनुगमनको काम थालेका हौं । महाशाखाका प्रमुख डा. अवधेश झा भन्छन्,‘उपभोक्तालाई स्वस्थ्य चौपाया चिन्न सजिलो होस् भनेर हामीले संकेतका रुपमा रङ्गको प्रयोग गरेका हौं । खसी, बोका, भेडा, च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग छ भने त्यो निरोगी हो । किनेर लान वा त्यसको मासु खान हुन्छ । यदि रातो रङ्ग छ भने त्यो रोगी हो । त्यसलाई किनेर लान वा त्यसको मासु खान हुँदैन ।’

डा. झाका अनुसार बजारमा आएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए÷नआएको, नाकबाट सिँगान बगे÷नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिशा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्य अवस्थाका बिषयमा पशुचिकित्सकले परीक्षण गरेपछि सिङ्मा रङ्ग लगाउने गरिन्छ । बजारमा पुगेपछि हामी यति मात्र हेर्दैनौं, महाशाखा प्रमुख डा. झा थप्दै भन्छन्, ‘पशु ढुवानी मापदण्ड पालना गरे/नगरेको, खरिद बिक्री बिलको प्रयोग भए/नभएको, बिक्रीका लागि ल्याइएका चौपायाको बासस्थान उचित भए/नभएको पनि हेर्छौं ।’

बजार अनुगमनको अहिले थालनी हो । त्यसैले शुरुवातमा सुधारका लागि सुझाव दिन्छौं । हाम्रो नियमित अनुगमनको क्रममा दिइएका सुझावको पालना गरेको पाइएन भने कारवाहीको प्रक्रियामा पनि जानुपर्ने हुन सक्छ । यसका लागि हामीले संघ र प्रदेश सरकार तथा अन्य साझेदारलाई बजार अनुगमनका क्रममा सँगै लिएर जान्छौं । उनको भनाइ छ ।

आज टुकुचा र कलंकी खसी बजारमा भएका चौपायाको स्वास्थ्य जाँच र सिङ्मा रातो लगाउने काम भएको छ । महाशाखाका पशु विकास अधिकृत डम्मरबहादुर बम भन्छन्, ‘आज सामान्य स्वास्थ्य अवस्था खराव देखिएका २ वटा खसी भेटिए । तिनीहरुलाई अलग राखेर उपचार गर्न व्यापारीलाई भनेका छौं । उपचार गरेर निको नहुञ्जेल तिनीहरु बिक्रीका लागि अयोग्य हुन् । त्यसैले तिनीहरुको बिक्री रोक्का गरिएको छ । उपचार गरेर निको भएपछि तिनीहरुलाई पनि बेचबिखन गर्न सकिन्छ ।’

महाशाखाले चौपाया बजारमा जानकारीमुलक सामाग्री टाँस्दै, माछामासुजन्य खाद्यबस्तुको उत्पादनलाई गुणस्तरीय बनाउन र कोभिड १९ को सम्भावित संक्रमणबाट जोगिन अनुरोध गरेको छ । उक्त अनुरोधमा भनिएको छ—रोगी पशुपन्छीको ओसार पसार, नगरौं, महानगरले तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गरौं । स्वस्थ्यताको चिनो (हरियो रङ्ग) भएका चौपाया मात्र खरिद गरौं । मासु चिसोमा राखौं । राम्ररी पकाएर मात्र खाऔं ।

व्यक्ति—व्यक्तिवीचमा भौतिक दुरी कायम गरौं । साबुन पानीले नियमित हात धोऔं । हात धुन सक्ने अवस्था नभए स्यानिटाइजरको प्रयोग गरौं । मास्क लगाऔ । सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर महामारीबाट बचौं र बचाऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा