फेसबुकमा बलात्कारी संगठन नामक पेज चलाउने व्यक्ति पक्राउ



काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्ने बस्नेत प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । उनी पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए ।

१९ वर्षीय बस्नेतलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको छ । उनीविरुद्ध काठमाडौंमा प्रकाउ पूर्जी जारी भएको थियो । बस्नेतलाई पक्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका थिए ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा बनाइएको बलात्कारी संगठन नामक फेसबुक पेज र समूहबाट बलत्कारजस्तो जघन्य अपरा गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउनेलगायतका गतिविधि हुने गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको

देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका