नक्कली फेसबुक पेज बनाई अश्लील र आपत्तिजनक सन्देश पठाउनेविरुद्ध मुद्दा



काठमाडौं । नक्कली फेसबुक पेज बनाई अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको व्यूरोले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लील गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनीविरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुनअनुसार कारवाहीका लागि व्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनका आधारमा उनीमाथि व्यूरोले अनुसन्धान थालेको थियो ।

उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय माग दावी लिई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच व्यूरोले बाल अश्लिलता फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रविण ढकाल विरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बारामा हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

  बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको

उर्जा नीति कस्तो बनाउने ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उर्जा नीति र प्रस्तावित विद्युत विधेयककाबारेमा नीति मन्थन

गठबन्धनप्रति सकारात्मक दलहरूसँग सम्वाद गर्ने नयाँ गठबन्धनको निर्णय

काठमाडौं । नयाँ गठबन्धनले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमति गरेको

प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर

  काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय