प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौं । आफूलाई प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाका विभिन्न व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको अभियोगमा काठमाडौं टोखा नगरपालिका ८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ६ घर भएका २८ वर्षीय गोबिन्द खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाई रातको समयमा रात्रीकालीन व्यवसाय संचालन गर्ने स्थानहरुमा गई खड्काले व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई बाँनियाटारबाट पक्राउ गरेको हो ।

उनको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू, २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कटहरिया नगरपालिकाका मेयर र उपमेयरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

xकाठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

  काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको

सशस्त्र प्रहरीद्वारा बिल बिजक नभएका सामान बरामद

भद्रपुर । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको ११

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन

दमौली । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र