भारतका स्थल सेनाध्यक्ष नरवणे नेपाल भ्रमणमा आउने
काठमाडौं । भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका हुन् । मन्त्रिपरिषदले २०७६ माघ २० मा उनी आउने निर्णय गरेको थियो । तर कोभिडका कारण त्यसबेलाको भ्रमण स्थगित भएको थियो ।
राष्ट्रपति विद्या देवी भण्डारीले भारतीय नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।