अप्रेशन रक्समार्फत समातिए भक्तपुरमा लुटपाटपछि हत्या गरी फरार भएका तीन अभियुक्त



काठमाडौं । भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरूले गत बुधबार चाँगुनारायण नगरपालिका–८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिट पछि उनीहरूले सुनको ब्रासलेट तथा मोबाइल समेत लुटेर भागेको महाशाखाले जनाएको छ ।

कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

रकम दिन आनाकानी गरेको हुँदा शेर्पाले चन्द्र बहादुर योञ्जनलाई कुटपिट गरेर भए पनि रकम असुल्न खोजेका थिए । त्यसको लागि उनले रमेश तामाङको सहयोग लिएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्नको लागि उनीहरूले असोज १८ गते योन्जनको घर पहिचान गरी फर्किका थिए । घर पहिचान गरेपछि उनीहरूले कुटपिट गर्ने योजना बनाएको महाशाखा प्रमुख थापाले बताए ।

अप्रेशन रक्समार्फत गरिएको अनुसन्धानबाट तीन जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । योजना अनुसार रमेश र प्रेम बा ९६ प ७११४ नम्बरको मोटरसाइकलमा गत बुधबार भक्तपुरको सुडाल गएका थिए । उनीहरूले कामी शेर्पालाई साढे ४ बजे भेटेर मृतकको पसलमा गई मदिरा खाएका थिए ।

पछि उनीहरूले आफन्तलाई जग्गा चाहिएको भन्दै मृतक योन्जनलाई विक्रीबाट आउने फाइदा समेत बाँड्ने भन्दै प्रलोभन देखाएका थिए । जग्गा हेर्ने बहाना बनाएर उनीहरू योन्जनलाई विडोलफाँटतर्फ लिएर गएको र सो स्थानमा उनीहरूले अनुहार, छाती र पेटमा कुटपिट गरेका थिए। उनको साथमा भएको दुई तोला दुई लालको सुन तथा मोबाइल लुटेर फरार भएको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ । उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

वर्तमान समयमा लोकप्रियतावाद हावी भयो, यसले सत्य थाहा हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै

नेपाल जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी