छोरीको प्रयोग गरेर घूस लिने सहायक रजिष्ट्रारलाई चार महिना जेल, एकलाख जरिवाना



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ २ माघमा एक लाख रुपैयाँ घुससहित पक्राउ परेकी कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।

उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती र डा. रवी शर्मा अर्यालको संयुक्त इजलासले पन्थीलाई दोषी ठहर गरेको हो ।

आयोगले २३ माघ २०७५ मा पन्थीविरुद्ध मुद्दा दायर गरेको थियो । त्रिपुरेश्वर कार्यालयमा दर्ता रहेको एक स्कुलको कर तिर्न जाँदा पन्थीले छुट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिएकी थिईन ।

यसबारे सूचना पाएपछि उनलाई आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो । उनले घुसबापतको रकम लिई छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवैजनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङ्गबाट नियन्त्रणमा लिएको थियो । पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरती साहका पतिलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा

पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक

नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक

काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको