घुससहित पक्राउ परेका राजश्व अनुसन्धान अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई दुई लाख घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आइतबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङ–हर्मिचौर खण्डको काम सुस्त, भुक्तानी नपाएको ठेकेदारको गुनासो

बागलुङ । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ

टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको