जुत्तामा लुकाएर सुन तस्करी गरेको आरोपमा तीन जना पक्राउ



दाङ । प्रहरीले दाङमा एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना दाङ घोराहीका र एक जना बुटवलका युवा छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डिएसपी सुमित खड्काका अनुसार घोराहीबाट नेपालगञ्ज गइरहेको कारलाई रोकेर जाँच गर्ने क्रममा ४२ वर्षीय सम्मानकुमार श्रेष्ठले लगायतको जुत्तामुनि लुकाएर राखिएको अवस्थामा दुई वटा सुनको पाता फेला परेको हो ।

श्रेष्ठले लगाएको दायाँ खुट्टाको जुत्ताको तलुवामा ५०० ग्रामको एउटा र बायाँ खुट्टामा थप ५०० ग्रामको अर्को सुनको पाता फेला परेको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए ।

उनीहरुले घोराहीका एक जना व्यापारीले आफूलाई नेपालगञ्जमा एक जनालाई दिनु भनेर दिएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले त्यो सुन दिने घोराहीका व्यापारीको पनि खोजी भइरहेको जनाएको छ । पक्राउ परेका व्यक्तिले घोराहीका व्यापारीको नाम दिएको भए पनि नेपालगञ्जमा कसलाई दिने भन्ने कुरा आफूलाई थाहा नभएको बयान दिएको प्रहरीले बताएको छ ।

उक्त कार घोराही वडा नम्बर १५ का २५ वर्षीय सुवास श्रेष्ठले चलाएका थिए। त्यो कारमा सवार बुटवलका अपूर्व थैव श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका पूर्वसांसद पक्राउ

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ

एसइईको पुरक परीक्षा साउन २३ गतेदेखि

  भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि

बेचन झालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई

अख्तियारद्वारा गलत बकपत्र दिनेविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा