जुत्तामा लुकाएर सुन तस्करी गरेको आरोपमा तीन जना पक्राउ



दाङ । प्रहरीले दाङमा एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना दाङ घोराहीका र एक जना बुटवलका युवा छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डिएसपी सुमित खड्काका अनुसार घोराहीबाट नेपालगञ्ज गइरहेको कारलाई रोकेर जाँच गर्ने क्रममा ४२ वर्षीय सम्मानकुमार श्रेष्ठले लगायतको जुत्तामुनि लुकाएर राखिएको अवस्थामा दुई वटा सुनको पाता फेला परेको हो ।

श्रेष्ठले लगाएको दायाँ खुट्टाको जुत्ताको तलुवामा ५०० ग्रामको एउटा र बायाँ खुट्टामा थप ५०० ग्रामको अर्को सुनको पाता फेला परेको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए ।

उनीहरुले घोराहीका एक जना व्यापारीले आफूलाई नेपालगञ्जमा एक जनालाई दिनु भनेर दिएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले त्यो सुन दिने घोराहीका व्यापारीको पनि खोजी भइरहेको जनाएको छ । पक्राउ परेका व्यक्तिले घोराहीका व्यापारीको नाम दिएको भए पनि नेपालगञ्जमा कसलाई दिने भन्ने कुरा आफूलाई थाहा नभएको बयान दिएको प्रहरीले बताएको छ ।

उक्त कार घोराही वडा नम्बर १५ का २५ वर्षीय सुवास श्रेष्ठले चलाएका थिए। त्यो कारमा सवार बुटवलका अपूर्व थैव श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी तीन दिन भारी वर्षा हुने

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन

विद्युत प्राधिकरणको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन

  काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर

भुटानी शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

  सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ