बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ



सिरहा । करणीको घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले आइतबार पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­१ मा भएको करणी घटनालाई पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जना पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।

स्थानीय एक किशोरीलाई सोही ठाउँका २० वर्षीय मुकेशकुमार साहले घरमा पसेर गरेको करणी घटनालाई गाउँमै मिलापत्र गराएको आरोपमा बिष्णुपुर गाउँपालिका­ १ बिष्णुपुर निवासी ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

किशोरीलाई बलात्कार गरेको भन्दै रीस आवेगमा आएर किशोरीका भाइले ती युवकलाई कुटपिट गरी घाइते बनाएपछि सो घटना बाहिर आएको हो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी विराटनगरस्थित विराट नर्सिङ होममा लगी उपचार गराइएको थियो ।

सो घटना गाउँघरमै मिलाउन भनी गाउँमा नै पञ्चायत बसी पीडकको आफन्तलाई गराइएको तमसुक कागज स्थानीय जगविर यादवको घरबाट बरामद् भएको प्रनाउ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी तीन दिन भारी वर्षा हुने

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन

विद्युत प्राधिकरणको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन

  काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर

भुटानी शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

  सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ