डिभाइन पाछ ईन्टरनेशनलले खुवायो असहायलाई खाना


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गरिब, अनाथ तथा असहायका लागि भोजनको प्रबन्ध गरेका छन् ।

अध्यक्ष लोहनीले शनिबार तिलगंगा परिसरमा उपस्थित समुदायलाई खाना खुवाउने कार्य गरेका हुन् । पूर्वपरराष्ट्र मन्त्री लोहनीले सत्कर्मबाट सामाजिक सञ्जालमा प्रशंसा बटुलेका छन् । सामाजिक कार्यको समर्थनमा शुभकामना समेत पाएका छन् ।

डिभाइन पाछ ईन्टरनेशनल फाउन्डेसनले गरिब, अनाथ तथा असहायका लागि खाना खुवाउने कार्य गर्दै आएको छ ।

बहुमतको नाममा भएको लुटतन्त्रको लोहनीले विरोध गर्दै आएका छन् । राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर लोहनी भ्रष्टाचार विरोधी अभियानमा सक्रिय छन् ।