अनलाईनबाट क्रिकेटको सट्टाबाजी खेल खेलाएको अभियोगमा तीन जना पक्राउ



मोरङ । यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका १५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र रानी बस्ने ४२ वर्षीय जगदीश साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाईल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाईनमार्फत सट्टावाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदीशलाई समेत प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ व्यक्तिहरू उपर जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।