मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुली गर्ने डेभिड पक्राउ



काठमाडौं । प्रहरीले मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख रुपैयाँ असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा श्रीमती सहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुलेका प्रहरीले जनाएको छ ।

उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउनसमेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको जाहेरी परेपछि ब्युरोले कारवाही थालेको थियो । ब्युरोले श्रेष्ठ नेपाल आएको मौकामा पक्राउ गरेको हो ।

श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको कुराहरु बुझिन आएको र अन्य व्यक्तिहरुलाई समेत पीडित मध्म रैदासलाई गरे जस्तै अपराध गरेको हुनसक्ने देखिएकोले सो समेत अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८