डलर देखाएर रकम लुट्ने गिरोहका पाँच जना पक्राउ



भक्तपुर । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।

यहाँका व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफुसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने पाँच जनालाई शुक्रबार प्रहरीले मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङ रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई पाँच लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नेपाली दुई लाख ४२ हजार ९३५, विभिन्न कम्पनीका मोबाइल पाँच थान, दुई थान मोटरसाइकल, डलर भन्दै झुक्याउन तयार गरिएका दुई बण्डल कागजका बिटा बरामद गरेको छ ।

पक्राउ परेको गिरोहले गत साउन ८ गते मध्यपुरथिमि–९ बोडेमा तीन लाख, साउन १९ गते सोही नपा–५ बाट चार लाख, गत भदौ ३१ गते वडा नं २ बाट पाँच लाख, यही असोज ६ गते सोही नपा वडा नं ९ बोडेबाट नौ लाख ८० हजार, असोज ८ गते सूनपा–२ बालकोटबाट  पाँच लाख गरेर २६ लाख ८० हजार भन्दाबढी रकम लुटपाट गरेको अनुसन्धानबाट खृुलेको सूचना अधिकारी प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उक्त गिरोहका फरार अन्य व्यक्तिको खोजी जारी राख्दै प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साथीको हत्या गरेर फरार भएका व्यक्ति २१ वर्षपछि पक्राउ

  काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको

नारायणगढ–मुग्लिन सडकखण्डका थप तीन पुल संचालनमा आउँदै

  चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध

हरिपुर नगरपालिकाकी तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध मुद्दा दायर

  काठमाडौँ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख