करणी मुद्दाका फरार दुई अभियुक्त ६ वर्षपछि पक्राउ



कञ्चनपुर । कञ्चनपुरमा सामूहिक करणी मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

स्थानीय युवतीलाई करणीको वारदातपछि दुवै जना २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि