भक्तपुरबाट अवैध लागूऔषध कारोवारमा संलग्न तीन जना पक्राउ



काठमाडौं । लागूऔषध कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ना.३ ख.९८९ नम्बरको कन्टेनरमा अबैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोवार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार विहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका विष्णु प्रधान, डम्बरबहादुर प्रधान र शंकर खड्का रहेका छन् । सल्लाघारीस्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा कन्टेनर रोकी राखेको अवस्थामा कन्टेनरको चालकको सिटमुनी लुकाएर राखेको लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डाईजापाम २९५० एम्पुल, नाईट्रोभेट ३००० एम्पुललगायतका लागूऔषध बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका