समस्याहरु पहिचान गर्ने र यथार्थको उजागर गरि आत्मजागरुक बनाउनको लागि दार्शनिक परामर्शको महत्व



काठमाण्डाै, त्रिचन्द्र बहुमुखी क्याम्पसको मनोविज्ञान तथा दर्शनशास्त्रको आयोजनामा एकदिने “दैनिक जीवनमा दार्शनिक परामर्शको महत्व” विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

भारतको दिल्ली विश्वविद्यालयका दर्शनशास्त्र विभागका प्रमुख तथा प्रसिद्ध दार्शनिक प्रा.डा. बालागणपथि देवराकोन्दा प्रमुख वक्ताको रुपमा रहनुभएको थियो । दुई दशकभन्दा लामो समयदेखि दर्शनशास्त्रको अध्यापन गराउँदै आउनुभएका उहाँले राजनीति, धर्म, समाज लगाएत विभिन्न पक्षमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्दै आउनुभएको छ । त्यसक्रममा उहाँले मानिसको दैनिक जीवनमा आईपर्ने विविध समस्याहरु पहिचान गर्ने र यथार्थको उजागर गरि आत्मजागरुक बनाउनको लागि दार्शनिक परामर्शको महत्व रहेको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रमको संचालन दर्शनशास्त्रका प्राध्यापक डा। गोविन्दशरण उपाध्यायले गर्नुभएको थियो । डा. उपाध्यायले अहिलेको जटील समयमा मानिसहरुमा विभिन्न समस्याहरु हुने र यस्ता खालका कार्यक्रहरुबाट समस्यालाई सहज बनाउँदै जीवनप्रतिको महत्व बुझाउनको लागि पनि यस्ता कार्यक्रमको आवश्यक रहेको बताउनुभयो । रुचि भएका जो सुकै व्यक्ति पनि निशुल्क सहभागि हुन पाउने छन् भने कार्यक्रम प्रत्येक हप्ता सञ्चालन गरिने बताउनुभयो । देशविदेशका ६० जना भन्दा बढीको सहभागितामा प्रश्नोत्तर समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

पर्यटकको रोजाइ बन्‍दै धरानको ‘ओशो पार्क’

धरान । धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

करिव आठ करोड रुपैयाँ बराबरको कोकिनसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय