उदयपुरमा ८४ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले उदयपुरको ताप्ली गाउँपालिका एरियाबाट संकलन गरी उदयपुरगढी गाउँपालिका हुदै भारततर्फ लैजान लागेको ८४ किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ ।
उदयपुर उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीका सन्तबहादुर तामाङको बाख्राको खोरमा लुकाई छिपाई राखेको ४ वटा बोरामा अन्दाजी ८४ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले कारोबारमा संलग्न उदयपुर ताप्लीका जयराम भन्ने पुष्पबहादुर मगर र रामबहादुर तामाङलाई पक्राउ गरेको छ।