बिना बिलका विभिन्न समानसहित दुई जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका १४ सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेका छन् ।

उनीहरुको साथबाट १ सय १२ थान मोबाइल, ३ सय २० पिस विभिन्न मोवाईल डिसप्ले, ५ सय ९३ पिस विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय थान घडीको ब्याट्री, ६ हजार थान क्यालकुलेटर र ५ थान मोवाइल डिसप्ले बोर्ड समेत प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न

पर्यटन क्षेत्रमा उत्साह, जनवरीमा भित्रिए ५५ हजार विदेशी पर्यटक

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी

डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

रेसुङ्गा । गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

काठाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका