गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोर कुमार मोक्तानविरुद्ध एक लाख पचास हजार रुपैयाँ कायम गरी घुस रिसवत लिई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले जैसी र मोक्तानलाई सेवाग्राहीबाट एक लाख पचास हजार रुपैयाँ घुसबापतको रकम लिइरहेको बेला नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा करार सेवामा कार्यरत कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवविरुद्ध बिगो ४ लाख कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १ सिम्लेमा मात्रै पाँच करोडको

नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीय खुसी

चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङ्को बर्षातका धेरै दिन नसुतिकनै

प्रत्यक्षतर्फ प्रदेशसभाः ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको

वैकल्पिक व्यवस्था बिना उठिवास नलगाउन माग गर्दै सुकुम्बासीको प्रदर्शन

काठमाडौं । वागमती नदी किनारका सुकुम्वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । सोमबार सयौँको