माछापोखरीबाट दुई थान पेस्तोलसहित दुई जना पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट दुई थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । ’मेड इन युएस’ लेखेको २ थान पेस्तोल, २ थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने १० राउन्ड गोलीसहित नुवाकोट शिखरबेसीका विकेश पण्डित र अमर तामाङ पक्राउ परेका हुन् ।

काठमाडौं अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पण्डितसँगको प्रारम्भिक सोधपुछका क्रममा पेस्तोल ओसारपोसार गराउन लगाउने नुवाकोट लिपु गाउँपालिका–१ का २८ वर्षीय अमर तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ ।

प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा तामाङलाई नुवाकोटस्थित घरबाटै पक्राउ गरी काठमाडौं टेकुस्थित अपराध महाशाखा ल्याएर अनुसन्धान थालेको छ ।

तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत फागुनमा छुटेका व्यक्ति भएको प्रहरीले बताएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना