यसरी हुँदैछ भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम



काठमाडौं । कोरोना महामारीका बीच पनि भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आगामी तिहारसम्म खुला गर्ने योजनाका साथ पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने काम सकिएको छ । पोखरीभित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ भने बाहिरी पर्खाल निर्माणको काम भइरहेको छ ।

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो । पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याइएको छ । २०७७ वैशाख १२ गतेअघि नै काम सक्ने गरी सुरु भएपनि लक डाउनका कारण केही प्रभावित भएको छ ।

रानीपोखरीमा पानी अड्याउन महानगरपालिकाले पिँधमा कंक्रिट ढलान गरेपछि त्यसको विरोध भएको थियो त्यसपछि पानी अड्याउन परम्परागत तरिका–कालो माटोको तह र पुरानो इँटा बिच्छ्याइएको छ । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरी निर्माणको काम अहिले पुनर्निर्माण प्राधिकरणमार्फत उपभोक्ता समितिले बनाइरहेको छ ।

विनाशकारी भूकम्पले क्षति पुर्याएको रानीपोखरी निर्माणका लागि काठमाडौं महानगरले जिम्मा पाए पनि पोखरीभित्रको मन्दिरलाई कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि लामो समय काम रोकिएको थियो ।

अहिले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको निर्माण भइरहेको छ । पर्खालको विसं १९९० मा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्ध शमशेरले गुम्बज शैलीमा निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६