चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ



काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहार गरी नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई शनिबार बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

वर्तमान समयमा लोकप्रियतावाद हावी भयो, यसले सत्य थाहा हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै

नेपाल जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी