कोरोना संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु,



वीरगंज । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा शुक्रबार साँझ वीरगंज महानगरपालिका वडा नं. १२ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २१ गते संक्रमण पुष्टी भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २४ गते अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा भर्ना गरिएको थियो । कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा. उदयनारायण सिंहका अनुसार मृतक उच्च रक्तचाप, मधुमेह र पारालाइसिस रोगबाट ग्रसित रहेका थिए । योसँगै पर्सामा मृत्यु हुनेको संख्या २ जना भारतीय सहित २६ पुगेको छ । साउन महिनामा मात्र पर्सामा २२ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा